Friday, June 25, 2021
Home राजनीति अखिल (क्रान्तिकारी ) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल द्वारा स्वास्थ्य र शिक्षा...

अखिल (क्रान्तिकारी ) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल द्वारा स्वास्थ्य र शिक्षा का माफियाहरुको विरुद्ध सशक्त सङ्घर्षमा उत्रने प्रेस विज्ञप्तिमा मार्फत चेतावनी

जेठ १६ काठमान्डौ ।
अखिल (क्रान्तिकारी)ले एक प्रेस विज्ञप्तिमार्फत त्रिभुवन विश्वविद्यालयले गरेका विभिन्न गलत निर्णयहरुका विरुद्ध र शिक्षा– स्वास्थ्य माफियाहरुको संरक्षण गर्ने कार्यमा स्वयम् ओली सरकार लागेको भन्दै त्यसका विरुद्ध र सम्बन्धित अन्य संलग्न पक्षहरुको भण्डाफोरसहित सशक्त सङ्घर्षमा उत्रने चेतावनी दिएको छ ।

संगठनले आज एक प्रेस विज्ञप्तिव्दारा केही महत्वपूर्ण सवालहरुमा आफ्नो धारणा स्पष्ट पार्दै भनेकोछ–त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षा फाराम भर्ने, +२ पास गरेका विद्यार्थीहरुको रजिष्ट्रेसन नम्बर विद्यार्थीहरुलाई उपलब्ध गराइ दिने, अनलाइन कक्षा सञ्चालनको पुरै शुल्क लिइरहेको, कोभिड–१९ बाट मृत्यु भएका शिक्षक, विद्यार्थी र कर्मचारीहरुका परिवारलाई अविलम्ब उचित राहतको व्यवस्था, विश्वविद्यालयमा षड्यन्त्रपूर्ण ढङ्गले आन्तरिकरुपमा भइरहेका र हुने गरेका नियुक्ति, कोभिड–१९ बाट प्रभावित भई उपचाररत शिक्षक, विद्यार्थी र कर्मचारीहरुलाई नि:शुल्क उपचारको व्यवस्था र सबै शिक्षक, विद्यार्थी एवम् कर्मचारीहरुको नि:शुल्क पीसीआर टेस्टका साथै नि:शुल्क एवम् सर्वसुलभ खोपको व्यवस्थासमेत गर्नका लागि सरकारसंँग जोडदार माग गरेको छ ।

साथै झापास्थित बी एण्ड सी मेडिकल कलेज (प्रस्तावित)लाई नेपाल सरकारको ठाडो आदेशमा राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट सम्बन्धन दिने षड्यन्त्र भएको हुँदा यथाशीघ्र उक्त षड्यन्त्रपूर्ण कार्यलाई रोकी यस्ता सम्बन्धनहरु दिँदा नीति, विधि, प्रक्रिया एवम् नियमसङ्गत ढङ्गले दिने व्यवस्था गरियोस् भन्दै निम्न प्रेस विज्ञप्ति प्रकाशित गरेको छ –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments