Monday, August 2, 2021
Home खेलकुद आईसीसी विश्वकप सुपर लिग : नेदरयान्ड्सविरूद्ध आयरल्यान्डको जित

आईसीसी विश्वकप सुपर लिग : नेदरयान्ड्सविरूद्ध आयरल्यान्डको जित

JUNE 05, 2021

काठमाडौँ- आईसीसी विश्वकप सुपर लिग क्रिकेटको दोस्रो एकदिवसीय क्रिकेटमा आयरल्यान्डले नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।

आयरल्यान्डले नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको हो । नेदरल्यान्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य आयरल्यान्डले ४३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो ।

यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो । जितसँगै आयरल्यान्डले तीन खेलको सिरिज १-१ को बराबरी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments