Friday, June 25, 2021
Home कृषि काेभिडसंगै मिल्ने लक्षण देखिएसंगै अर्घाखाँचीमा धमाधम बाख्रा मरे

काेभिडसंगै मिल्ने लक्षण देखिएसंगै अर्घाखाँचीमा धमाधम बाख्रा मरे

अर्घाखाँची जिल्लामा पछिल्लाे समयमा बाख्रा मर्ने समस्या व्यापक देखिएकाे छ ।

जिल्लाकाे सन्धिखर्क तथा मालरानी गाउँपालिकाका विभिन्न ठाउँमा लक्षण देखिनासाथ बाख्रा मर्न थालेकाे कृषकहरुले बताएका छन् ।

जिल्लाकाे मालारानी गाउँपालिका वडा नं ५ बाँगी, सन्धिखर्क नगरपालिका वडा नं ६ जगत लगायतका स्थानमा भटाभट बाख्रा मर्न थालेपछि किसानहरु चिन्तित भएका छन् ।

आज बाँगीमा स्थलगत रिपाेर्टिङमा गएका नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशाेक खनालले दिनुभएकाे जानकारी अनुसार मरेका बाख्राहरुमा काेभिड संक्रमित मान्छेमा जस्तै समस्या देखिएकाे छ ।

“छेर्ने, हनहनि ज्वाेराे आउने, खाेकि लाग्ने जस्ता समस्या देखिएका रैछन ।” स्थानियलाई उदृत गर्दै पत्रकार खनालले भन्नुभयाे “संयाेग हाे वा के थाहा भएन तर स्थानियले बताए अनुसार काेभिड संक्रमित मान्छेमा जस्तै समस्या देखिएका छन् ।”

अन्डा र मासुमा अात्मनिर्भर भईसकेकाे अर्घाखाँचीमा यस्ता समस्याले किसानहरुमा आउन सक्ने नैरास्यता र पलायन राेक्न सम्वन्धित निकायले अविलम्व जाेड गर्न जरुरि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments