Friday, June 25, 2021
Home जिल्ला समाचार कोभिड -१९ का कारण अर्घाखाँची आवासीय माध्यमिक बिद्यालयका शिक्षक बिकाश शाही को...

कोभिड -१९ का कारण अर्घाखाँची आवासीय माध्यमिक बिद्यालयका शिक्षक बिकाश शाही को मृत्यु

जेठ २४ – कोभिड – १९ का कारण अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर – ८ आँपखोला निवासी शिक्षक बिकास शाहीको आज दु:खद निधन भएको छ।

बिकाश शाहीलाई २ हप्ता अघि कोरोना संक्रमण देखिए पछि उपचार का लागि जिल्ला अस्पताल अर्घाखाँचीमा भर्ना गरिएको थियो। तर जिल्ला अस्पतालमा १/२ दिन भर्ना भईसके पछि शाहीको स्वास्थ्य अवस्था झन् – झन् बिग्रिदै गएपछि उपचारको लागि भारतपुर् अस्पताल चितवनमा रिफर गरिएको थियो।

भरतपर अस्पतालमा भर्ना पछि पनि कोरोना संक्रमित शाहीको स्वास्थ्यमा केहि सुधार नआएपछि पुन: चितवन देखि थप उपचारका लागि भैरहवा भीम अस्पतालमा रिफर गरिएको थियो। बिडम्बना आज साँझ शिक्षक बिकाश शाहीको उपचारको क्रममा ४८ बर्षको उमेरमा दु:खद निधन भएको छ।

शाही सन्धिखर्कको चुत्रावेसी भद्रीखोलामा रहेको अर्घाखाँची आवासीय माध्यमिक बिद्यालयमा शिक्षक हुनुहुन्थ्येओ। मृतक शाहीले ४ बर्ष अगाडी आफ्ना २ वटै मृगौला फेल भएर प्रत्यारोपण गरि पुनर्जीवन पाउनु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments