Friday, June 25, 2021
Home जिल्ला समाचार दाङमा थाप ३१ गतेसम्म लकडाउन

दाङमा थाप ३१ गतेसम्म लकडाउन

लतुलसीपुर,२५ जेठ ।
कोरोना माहामारीको दोस्रो लहर सुरु भए संगै संक्रमण रोकथाम गर्न दाङमा गरिएको लकडाउन ३१ गतेसम्म थपिएको छ । संक्रमणको जोखिम अझै कायमै रहेकाले वैशाख १७ गते देखि गरिएको लकडाउन एक साता थप गरिएको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको घोराहीमा आज बसेको बैठकले यसअघिका निणर्यलाई केहि परिमार्जन गर्दै लकडाउनलाई असार १ गतेसम्म निरन्तरता दिने निणर्य गरेको हो ।

प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक दिर्घनारायण पौडेलको अध्यक्षतामा आज बसेको बैठकले बैंक तथा वित्तिय संस्थाहरुलाई दैनिक बिहान १० बजेदेखि २ बजेसम्म खुल्न दिने निणर्य गरेको छ । यस अघि हप्तामा दुई पटक मात्र बैङ्क तथा वित्तिय संस्थाहरु पलैपालो खुल्ने गरेका थिए ।

होटेल, रेष्टुरेन्ट, सैलुन, खाजा घर, चिया पसल बाहेक अरु सबै पसलहरु दैनिक बिहान ६ बजेदेखि १० बजेसम्म खुल्न दिने निणर्य भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments