Friday, June 25, 2021
Home जिल्ला समाचार दाङ,२५ जेठ ।दाङमा थप २५ जनामा संक्रमण पुष्टि

दाङ,२५ जेठ ।दाङमा थप २५ जनामा संक्रमण पुष्टि

दाङमा आज २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका अनुसार बितेको २४ घण्टामा ८० जनाको पिसिआर परिक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको हो ।

थप संक्रमण हुनेमा घोराहीका १३, तुलसीपुरका ६, लमहीका ३, गठवाका १ जना र राप्तीका २ जना रहेका छन् । यससंगै दाङमा बैशाखयता संक्रमण हुनेको कुल संख्या ७ हजार ३९२ पुगेको छ । अहिले जिल्लामा ५ सय ७० जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै बितेको २४ घण्टामा दाङका १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही ७ का ७१ वर्षिया महिला रहेकी छन् । यससंगै जिल्लामा बैशाखदेखि अहिलेसम्म १९१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको केन्द्रले जनाएको छ ।

दाङमा थप ६९ जना संक्रमित डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरु घोराहीका ३० जना, तुलसीपुरका ३६ जना र राजपुर, राप्ती र शान्तिनगरका १,१ जना रहेका छन् । यो संगै वैशाख यता डिस्चार्ज हुनेको संख्या ६ हजार ६३२ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments