Friday, June 25, 2021
Home समाचार अर्घाखाँचीमा कोरोना खोपमा राजनीति: बृद्ध -बृद्वाहरुको लागि आएको खोप किशोर किशोरीहरुले लगाए,स्वास्थ्यकर्मीद्वारा...

अर्घाखाँचीमा कोरोना खोपमा राजनीति: बृद्ध -बृद्वाहरुको लागि आएको खोप किशोर किशोरीहरुले लगाए,स्वास्थ्यकर्मीद्वारा खोप लुकाईएको अवस्थामा फेला

गुरुदेव खनाल ,सन्धिखर्क।
जेठ २७ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय(नेपाल सरकार) ले ६२ देखि ६४ बर्ष सम्मका बृद्व बृद्वाका लागि भनेर पठाएको कोरोना विरुद्वको भ्याक्सिन खोपमा अर्घाखाँची अस्पतालमा राजनीति भएको छ।

बिहिबार अर्घाखाँची अस्पतालमा ६२ देखि ६४ बर्ष का लागि भ्याक्सिन लगाउँने भनिएता पनि बृद्व -बृद्वा भन्दा पनि जवान किशोर ,किशोरी हरु खोप लगाउँन उपस्थिति भएको पाईएको छ। अर्घाखाँचीमा हिंजो बाट खोप लगाउनन शुरु गरिएको थियो। हिंजो जिल्ला अस्पताल अर्घाखाँचीमा ६७ /७० बर्षका बृद्व बृद्वाहरु खोप लगाउँन पुगेका थिए तर स्वास्थ्य कर्मी हरुले तपाइँहरुको उमेरको लाई खोप होइन मात्र ६२ /६४ बर्षका ब्याक्तिहरुका लागि हो भनेर फर्काईएको खबर प्राप्त भएको छ।

६७/७० बर्षका बृद्व ,बृद्वालाइ खोप होइन, खोप छैन भनेर फर्काउँने निकायले आज धाधमम जवान २०/३० बर्षका किशोर किशोरी हरु लाइ कोरोना विरुद्वको खोप लगाईदिएको छ। स्वास्थ्य क्षेत्रमा नै यस प्रकारको राजनीति चलखेल हुनुमा सम्बन्धित निकाय र जिल्ला अस्पताल अर्घाखाँची विरुद्व जिल्ला वासी रुष्ट भएका छन् साथै सामाजिक संजालमा जिल्लावासी द्वारा चर्को बिरोध भईरहेको देख्न सकिन्छ।

आज साँझ केहि बृद्व बुवा आमा खोप लगाउनने पर्खाइमा अस्पताल बाहिर पर्खिरहेका थिए तर स्वास्थ्य कर्मी द्वारा कोरोना विरुद्वको खोप सक्कियो तपाईं हरु घर जानु भनेर खबर पाए पछि अर्घाखाँचीबुलेटिनका प्रतिनिधि गुरुदेव खनालले स्वास्थ्य कर्मी संग कसरि खोप सकियो भनेर विवरण मागी चेकजांच गर्दा ४० वटा भ्याक्सिन स्वास्थ्यकर्मी ले लुकाईराखेको अवस्थामा फेला परेका छन्।

बुलेटिनको टीमले लुकाईराखेको खोप फेला पारेपछि खोप को पर्खाइमा रहेका बृद्व -बृद्वा बुवाआम लाइ खोप लगाएर घर पठाईएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments