Friday, June 25, 2021
Home जिल्ला समाचार शसस्त्र प्रहरी कृष्णनगर द्वारा अवैध सामान बरामद

शसस्त्र प्रहरी कृष्णनगर द्वारा अवैध सामान बरामद

प्रिन्स मिश्रा कृष्णनगर कपिलवस्तु बोर्डर आउट पोस्ट कृष्णनगरले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिएको छ ।

बोर्डर आउट पोस्ट कृष्णनगरबाट शसस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको कमांडमा खटिएको गस्ती टोलीले बुधबार ठूलो परिमाणमा कपडा (टिसर्ट) बरामद गरेको बोर्डर आउट पोस्ट कृष्णनगरले जनाएको छ ।

कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मिनगर स्थित भारतबाट अवैध रुपमा नेपाल भित्राउदै गरेको १ लाख सात हजार बराबरको १९९ पिस टिसर्ट बरामद गरेको हो । अबैध टिसर्ट बरामद गरि कृष्णनगर भन्सार पठाएको बोर्डर आउट पोस्ट कृष्णनगरले जानकारी दिएको छ । आफूहरु अवैध कृयाक्लाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको शसस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments