Monday, August 2, 2021
Home समाचार कुलोको बिषयमा बिवाद हुदा गोलि प्रहार

कुलोको बिषयमा बिवाद हुदा गोलि प्रहार

तुलसीपुर, २८ जेठ ।
तुलसीपुरमा कुलोको विषयमा विवाद हुँदा गोलि प्रहार भएको छ ।

तुलसीपुर
उपमहानगरपालिका वडा नम्बर ८ को अश्वारको गहतेखोलामा आज मध्यान्ह सवा १२ बजेतिर गोली प्रहार भएको हो ।

गहते खोलाबाट बुटनिया जाने कुलो आफ्नो जग्गाबाट लैजान नदिने भन्दै सोहि विषयमा विवाद भएपछि तुलसीपुर-८ चन्द्रगञ्जका २५ वर्षिय पूणर्बहादुर वलीले गोली प्रहार गरेको तर मानविय क्षति हुन नपाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिनुभयो ।

गोली प्रहार गरेर भाग्दै गरेको अवस्थामा वलीसहित सोहि ठाउँका मोटरसाइकल चालक २१ वर्षका आकाश चौधरी पक्राउ परेका छन् । दुृवै जनालाई रा २ प ६७९२ नम्बरको मोटरसाइलसहित टिकरीबाट पक्राउ गरिएको डिएसपी सिंहले बताउनुभयो ।

दिउँसो सवा १२ बजेतिर घटना घटेपछि प्रहरीले दुवै जनालाई करिब ४५ मिनेटभित्रै पक्राउ गरेको उहाँले बताउनुभयो । गोली प्रहार गर्ने वली केहि समय अघि भारतमा बस्दै आएको र भारतबाटै पेस्तोल ल्याएको हुन सक्ने उहाँको भनाई छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments