Monday, August 2, 2021
Home जिल्ला समाचार बिपन्न झिमरुकका सय परिवारलाई खाधन्न बितरण गर्दै सामाजिक अभियान्ता दोय लिला जि...

बिपन्न झिमरुकका सय परिवारलाई खाधन्न बितरण गर्दै सामाजिक अभियान्ता दोय लिला जि सि र शुरेस के सि


दीपेन्द्र सुनार ,प्युठान – असार ५
प्युठान जिल्ला झिमरुक गाउपालिका वार्ड न १ बालुवा निबासी सफल युवा ब्याबसायी सामाजिक राजनितिक अभियानमा सक्रिय लिला जि सि र प्युठान जिल्लाकै नौ बहिनी गाउपालिका वार्ड न ६ निबासी युवा ब्याबसायी तथा समाजसेवी शुरेश के सि बिच सयुक्त सहकार्यमा कोरोना भाइरसको दोर्स्रो लहरले गर्दा अति बिपतमा परेका दैनिक मजदुरी गरि खाने आफ्नो गाउपालिका भित्रका ८ वटै वडाहरुका विभिन्न बस्तिमा पुगि गाउपालिका भित्र बसोबास गर्ने अति बिपन्न परिवारलाई सयुक्त रुपमा खाधन्न स्वरुप चामल बितरण गर्नुभएको छ।
शुक्रबार झिमरुक गाउपालिका भित्र बसोबास गर्ने र अहिले लकडाउनको बेला समस्यामा परेका दैनिक चुलो बाल्ने अबस्थामा नभएका गाउपालिका भित्रका परिवारलाई पहिचान गरेर राहत दिएको उहाहरुको भनाइ छ।
यश लकडाउनको बेला गाउपालिका भित्रका अति बिपन्न १०० घर परिवारलाई राहत बितरण गरेका दुबै जनाले प्रती घर बराबर १ कट्ठा चामल बितरण गरेका हुन।
रास्ट्रीय युवा संघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका जि. सि ने .क .पा एमालेका एक प्रभाव शाली नेताहुन भने के. सि युवा व्यावसायिमा लाग्दै समाजसेवामा सग्रसर भैरहेका छन् ।
सहि अबस्थामा पुनः दोस्रो चरण को राहत लिएर झिमरुक गा .पा का जनता सामु पुग्ने पनि उहाँ हरुको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments