Friday, September 24, 2021
Home समाचार एमाले दार्चुलाको सहभागितामा दार्चुलामा हुलाकमै चरम लापरबाही सुचना लुकाएर कर्मचारी नियुक्ति

एमाले दार्चुलाको सहभागितामा दार्चुलामा हुलाकमै चरम लापरबाही सुचना लुकाएर कर्मचारी नियुक्ति

बुटवल ०७ असार २०७८

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी एमालेकै सिफारिसमा दार्चुला जिल्ला हुलाक कार्यालयमा मनपरी भएको छ । यही असार २/३गते रातीको समयको मौका छोपी बिज्ञापन र सुचना लुकाएर प्रकाशितनै नगरी कर्मचारी नियुक्ति ३४ जना कर्मचारी नियुक्ति भएका छ्न । नियुक्त भएका ८ जना हल्कारा र २६ जना हुलाकी गरि जम्मा ३४ जना नबनियुक्त कर्मचारी हरु को नाम ठेगाना यहि प्रकाशित रहेको छ ।

पुर्ण रुपमा राजनैतिक गन्ध घुस्ने गरि एमाले दार्चुलाले गलत फाईदा उठाउन खोजेको छ । हुलाक जस्तो राज्यको सूचना प्रवाह गर्ने सस्था लाई राजनीति गरेर आफ्नो राजनीतिक रङ्ग दिएको नेपाली काङ्ग्रेस दार्चुलाका नेता तथा तरुणदल दर्चुलाका पुर्व अध्यक्ष उमेश सिंह खत्रीले शुभबिहानी अनलाइन लाई बताउनु भयो ।

खत्रीले आफुहरुले यस्को बिरोध गरेको बताउदै अहिले हुलाक प्रमुख समेतको मिलेमतो हुन सक्ने पनि बताउनु भएको छ। प्रमुख भने फरार रहेका छ्न ।उनले ३४ जना नियुक्त गरि जिल्ला हुलाक कार्यालय दार्चुला प्रमुखको कार्यालय छोडी फरार भएको खत्रीको भनाई छ ।

1 COMMENT

  1. पार्टीका कार्यकर्ता भर्ना गर्ने राेग नेपालमा ब्याप्त छ । याे अपराध हाे । कुनै पार्टीको देखाउनु कुनै पार्टीकाे लुकाउनु पनि भष्ट्राचार नै हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments