Thursday, September 23, 2021
Home समाचार अर्घाखाचीमा विवाह गर्न केटीले पुरुष पाउन मुस्किलपर्ने अवस्था आउने संकेत

अर्घाखाचीमा विवाह गर्न केटीले पुरुष पाउन मुस्किलपर्ने अवस्था आउने संकेत

२०७८, ८ असार मंगलवारमा प्रकाशित

अर्घाखाँची-अर्घाखाँचीमा अवको केही वर्षमा पुरुषले विवाह गर्न खोज्दा केटी नपाउने अवस्था आउने संकेत फेला परेको छ । पछिल्ला वर्ष महिला भन्दा पुरुषको सङ्ख्या बढी देखिएकोले यो अवस्था रहिरहेमा सामाजिक संरचना जोखिममा पर्न सक्नेछ ।यस्तै पछिल्लो विवरण अनुसार नेपालका ७७ जिल्लाहरुमध्ये १२ जिल्लाहरुमा छोरीको अनुपातमा छोराको जनसंख्या अधिक रहेकोमा अर्घाखाँची पहिलो देखिएको छ ।

राष्ट्रिय जनगणना २०६८ बमोजिम जिल्लाको कुल जनसंख्या १९७६३२ रहेकोमा पुरुष जनसंख्या ८६२६६ र महिला जनसंख्या १११३६६ रहेको थियो ।

जिल्लामा ४६,८३५ घरधुरीहरु रहेका छन् ।अर्घाखाँचीका स्थानीय सरकारले छोरी जन्मिए विभिन्न सुविधा दिने कार्यक्रमहरू ल्याउन सकेका छैनन् । साथै छोरी भएको थाहा पाएपछि गर्भपतन गर्नेको संख्या बढेको स्थानिय जानकारहरू बताउन्छन् । सन्धिखर्ककी राधिकाले भनिन् आफ्नो ६ वर्षिया एक छोरी छन्। दोस्रो गर्भ रहँदा फेरि छोरी नै भएको थाहा पाएपछि उनलाई परिवार विभिन्न दबाब दिएर गर्भमा भएकी छोरी फ्याँकेको बताईन् । जिल्लामा कयौ महिला पनि छोरा जन्माउनकै निम्ति गर्भपतन गराएको बताउँछन् ।

कानुन अनुसार विशेष अवस्थामा बाहेक १२ हप्तापछि भ्रूणको लिङ्ग पहिचान गरेर गर्भपतन गराउन पाइँदैन। तर पनि पितृसत्तात्मकसोच, धार्मिक, सांस्कृतिक र सामाजिक लगायतका कारण लिङ्ग पहिचानपछि छोरी भएमा गर्भपतन गर्ने क्रम पछिल्लो समय बढ्दै गएको पाइन्छ। यसले महिला पुरुषको जनसाङ्ख्यिक अन्तर बढाउने चिन्ता उच्च रहेको महिलाको क्षेत्रमा काम गर्नेहरू बताउँछन्।राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कमा समग्र जनसङ्ख्या हेर्दा महिलाको संख्या बढी थियो। तर १४ वर्षमुनि छोरीभन्दा छोराको सङ्ख्या बढी थियो।अर्घाखाँचीमा अहिलेको जनसङ्ख्या छोरामुखी बन्दै गएको देखिन्छ।

यो जैविक प्रहार हो। यही क्रम जारी रह्यो भने केही दशकपछि वैवाहिक सम्बन्धको सन्तुलन बिग्रिने अवस्था आउन सक्ने देखिन्छ । गैरकानुनी गर्भपतनविरुद्ध कडा कानुन र त्यसको कार्यान्वयन सँगसँगै छोराछोरीबीचको विभेद हटाउन पर्याप्त जनचेतना फैलाउने कामले तीव्रता नलिएसम्म समस्या आउने बताएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments