Monday, August 2, 2021
Home समाचार सन्धिखर्क नगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक , नगर प्रमुख खुत्रुके बचत योजना...

सन्धिखर्क नगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक , नगर प्रमुख खुत्रुके बचत योजना ल्याइने

हलिम खाँन
अर्घाखाँची

जिल्लाको सन्धिखर्क नगरपालिकाले असार ९ गते नगर सभाबाट पारित आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम पत्रकार सम्मेलन गरि सार्बजनिक गरेको हो ।
 कोभिड महामारिका बिच  नगरसभाको दिनमा सबैलाइ उपस्थित गराउन असम्भब भएकाले  सन्धिखर्क नगरपालिकाको अर्को दिन सार्बजनिक गर्ने परम्परा अनुरुप आज १० गते सार्बजनिक गरिएको नगरपालिकाले जनाएको हो ।
  सन्धिखर्क नगरपालिकाले पारित गरेका नीति तथा कार्यक्रमहरुमा कृषि , स्वास्थ शिक्षा , पर्यटन पुर्वाधार , जस्ता योजनाहरु समेटिएका छन ।

एक वडा , एक पकेट कृषि बाली विकास कार्यक्रम, एक वडा,एक कृषि प्राविधिक, कृषि उत्पादन भन्डारणको ब्यबस्था , उचित बजारमुल्य , नगरभित्र रहेका धार्मिक साँस्कृतिक पर्यटकीय स्थलहरुलाई प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
स्वास्थ तर्फ कोभिड खोप खरिदको लागि बजेट बिनियोजन गर्दै स्वास्थकर्मी तथा नागरिकलाइ पहिलेका दिनमा दिई आएका सुबिधाहरु निरन्तर गर्ने जनाइएको छ ।
कोभिडका कारणले अभिभावक गुभाएका सामुदायिक विद्यालयका लागि छात्रवृत्ति प्रदान गर्ने,सामुदायिक विद्यालयमा तथा प्राविधिक शिक्षामा अध्ययनरत दलित बिपन्न विद्यार्थीको लागि २५ प्रतिशत छात्रवृत्ति दिने कार्यक्रम पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

  सडक सुधार , पुल , झोलुङ्गे पुल तर्फ संघिय र प्रदेश सरकार संग समन्वय गर्ने ,पनि बताइएको छ ।
  खेलकुदको बिकासका लागि बार्दी खेलमैदान ,र अर्घा खेल मैदान उचित बिकास गर्दै खेल र खेलाडिहरुलाइ प्रोत्साहन गरिने कार्यक्रममा उल्लेख छ ।
 नगरप्रमुख द्वारा प्रस्तुत नीति तथा कार्यक्रममा नगर प्रमुख खुत्रुके बचत योजना , उपप्रमुख संचार प्रबर्द्धन योजना , डिजिटल कारोबार ब्यबस्था जस्ता महत्वाकांक्षी योजनाहरु समाबेश गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments