Monday, August 2, 2021
Home पत्रिका सेल्फ हेल्पिङ्ग फण्ड जापानद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

सेल्फ हेल्पिङ्ग फण्ड जापानद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

सुमित्रा कंडेल-पाल्पा सेल्फ हेल्पिङ्ग फण्ड जापानले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । असार ८ गते नेपाली समय अनुसार साझ पाँच बजे सेल्फ हेल्पिङ्ग फण्ड नेपालका प्रतिनिधि हीरालाल बि. क. र बिनीता श्रेष्ठले राष्ट्रिय आविष्कार केन्द्रमा पुगि डाक्टर महाबिर पुन नेपालबाहिर रहनु भएकोले केन्द्रको स्वयमसेवक तथा महावीर पुनका प्रतिनिधि किशोर रिमाललाई ४,६४,०००/- अक्षरेपी चार लाख चौसट्ठी हजार नगद रुपैया हस्तान्तरण गर्नुभएको हो । सेल्फ हेल्पिङ फण्ड का अभियन्ताहरुले मातृभूमिको लागि अक्सिजन भनि मे १३ देखी मे ३१ सम्म १८ दिन अभियान चलाएका थिए । अभियन्ता नारायण गिरिको सकृयतामा अभियन्ता रमिला रानामगर, संजीता हमाल ठकुरी ,गंगा लाल जी.आर, असीम खनाल, पूर्ण बहादूर मगर , शिशिर सूर्खेती, एलिजा लामा, शंकर के.सि., रबिना दाहाल, नीरू ठकुरी, भूमिका पाख्रीन,दुर्गा बहादुर लामा अभियन्ताहरुद्वारा संकलित रकम हस्तान्तरण गरेको हो ।
सेल्फ ग्रुप का अध्यक्ष्य सन्जिता हमाल ठकुरी ले यस्तो विषम् परिस्थितिमा सहयोग गर्न पाउदा खुसी व्यक्त गर्दै सम्पूर्ण सहयोगी दाताहरूलाई धन्यवाद दिनुभयो । साथै अर्का अभियन्ता नर बहादुर पाइजा पुन ले आगामी दिनमा पनि मातृभूमिलाई दुःख पर्दा सहयोग गर्ने बताउनुभयो । त्यस्तै अर्का अभियन्ता बिमल अधिकारी ले पनि यस्तो महामारीको बेलामा देश बाहिर रहनुभएका सम्पूर्ण नेपाली बासिलाई सहयोग गर्न अपील गर्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments