Friday, September 24, 2021
Home अर्थ नेप्से ५ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

नेप्से ५ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

JULY 06, 2021

काठमाडौँ–  साताको तेस्रो कारोबार दिन नेप्से सूचकसंगै कारोबार रकममा गिरावट आएको छ। आज नेप्से परिसूचक ५ दशमलव २४ अंकले घटेर २ हजार ८१८ दशमलव ११ को विन्दुमा कायम भएको छ ।

आज बैंकिङ, निर्जीवन बीमा समूह, उत्पादनमूलक, माइक्रोफाइनान्स कम्पनी र जीवन बीमा समूह उपसूचक बढेका छन् ।

दिनभर २२० वटा कम्पनीको १ करोड १ लाख ३५ हजार २०९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २२ करोड ४० लाख १८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ३५ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अपर तामाकोशीको २० करोड ५२ लाख, नेपाल बैंकको १३ करोड ६५ लाख, निफ्राको १२ करोड ३७ लाख र नेशनल हाइड्रोपावर कम्पनीको १० करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव ३१ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै माउन्टेन इनर्जी कम्पनीका लगानीकर्ताले ५ दशमलव २१ प्रतिशतका दरले कमाएका छन् ।

हाइड्रो इलेक्ट्रिसिटिका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments