Thursday, October 28, 2021
Home मुख्य समाचार एमाले संसाद भिम रावलले दिए राजिनामा

एमाले संसाद भिम रावलले दिए राजिनामा

साउन, ३ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् ।

अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए ।

सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषण गरेका हुन् । https://youtube.com/watch?v=JzT42r_aMgM&feature=share

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments