Friday, September 24, 2021
Home पत्रिका मध्यपहाडी राजमार्ग र कालिगण्डकी करिडोर अवरुद्ध

मध्यपहाडी राजमार्ग र कालिगण्डकी करिडोर अवरुद्ध

JULY 23, 2021

काठमाडौँ– निरन्तरको वर्षातका कारण आएको पहिरोले बागलुङ जिल्लाका दुई सडक अवरुद्ध भएका छन् ।

मध्यपहाडी राजमार्गको बागलुङ नगरपालिका–३ बोक्से र कालिगण्डकी करिडोरको बागलुङ नगरपालिका–१३ गलुवामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

हिजो बिहानैदेखि दुईवटै सडक अवरुद्ध भएको हो । कालिगण्डकी करिडोर १८ दिन अवरुद्ध भएपछि तीन दिनअघि मात्रै सञ्चालनमा आएको थियो ।

वर्षासँगै आएको लेदोले मध्यपहाडीको बोक्सेमा सडक अवरुद्ध हुँदा सिगाना जाने वैकल्पिक सडक प्रयोग गरेर यात्रुलाई गन्तव्यमा पठाइएको छ ।

लोकमार्ग एकतर्फी खुलाउने प्रयास भइरहेपनि सडकमा लेदो खस्ने काम रोकिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments