Friday, September 24, 2021
Home जिल्ला समाचार अर्घाखाँचीका दुबै मृगौला पिडित गन्धर्वलाई आर्थिक सहयोग

अर्घाखाँचीका दुबै मृगौला पिडित गन्धर्वलाई आर्थिक सहयोग

हलिम खाँन
अर्घाखाँची

सन्धिखर्क नगरपालिका वडा नम्वर १० धरम्पानीका मृगौला रोगी शिव गन्धर्बको उपचारकालागि संकलित रकम हस्तान्तरण गरिएको छ । गन्धर्वको उपचारका लागि विभिन्न ठाउँबाट अभियानहरु सन्चालन भइरहेका छन् ।

बिरामीको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सन्धिखर्क १० धरम्पानी घर भै हाल रोजगारीको सिलसिलामा इजरायलमा रहेका विष्णु भट्टराईले आर्थिक रकम संकलनको अभियान सञ्चालन गरेका थिए ।

गरिब परिवारका शिवको उपचारकालागि आर्थिक समस्या भएका कारण विष्णु भट्टराई र उनका भाईहरुको विशेष पहलमा संकलन भएको १ लाख ७८ हजार एक सय रुपैया उहाँहरुका बुबा आमा गोविन्द प्रसाद भट्टराई र आमा पुनकला भट्टराईले आज शुक्रबार पीडित शिव गन्धर्बलाई हस्तान्तरण गरेका हुन ।

त्यसैगरी दुखेको घाउमा मलम लगाउने उद्देश्यले पत्रकार मेलिना शाही ठकुरीले छुट्टै अभियान सन्चालन गरी केही रकम संकलन गरेकी थिइन् । उनले सामाजिक संजाल मार्फत सहयोगको अपिल गर्दै सन्चालन गरेको अभियानबाट ४१ हजार पाँच सय पन्ध्र रुपैयाँ जम्मा गरि उक्त सहयोग रकम समेत आज हस्तान्तरण गरिएको छ ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा सन्धिखर्क १० का वार्ड अध्यक्ष लक्ष्मीनारायण चुदालीको अध्यक्ष्यता र मेलिना सिंह ठकुरीको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष विरेन्द्र के.सी लगायतको उपस्थिति रहेको थियो।

गन्धर्बका दुबै मृगौलाले काम गर्न छाडेका छन् । मृगौला प्रत्यारोपण गर्नु पर्ने भएका कारण घरको अबस्था नाजुक भएपछि उपचारका लागि आर्थिक सहयोग अभियान सञ्चालन गरिएको थियो । यस अघि पनि अभिन्ताले जताततै पहल गरेर गन्धर्बको उपचारका लागि १५ हजार १ सय ८८ रुपैया शिवको खातामा जम्मा भैसकेको थियो ।

सन्धिखर्क १० धरम्पानीमा घर भै हाल इजरायलमा रहेका विष्णुले यस अघि पनि अर्घाखाँची जिल्लाका रोगी , असहाय, तथा गरिब ब्यक्तिहरुलाई सहयोग गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments