Friday, September 24, 2021
Home समाचार अर्घाखाँचीमा आज १४ जनामा कोरोना पुष्टि

अर्घाखाँचीमा आज १४ जनामा कोरोना पुष्टि

अर्घाखाँचीमा आईतवार थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ५ जना, मालारानी गाउँपालीकामा २ जना र पाणिनी गाउँपालीकामा ७ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३४ सय ३५ पुगेको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ५८५ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा २८१ जना, भुमिकास्थान नगरपालीमा ११५ जना, शितगंगा नगरपालीकामा २५ जना, मालारानि गाउँपालीकामा ६५ जना, पाणिनि गाउँपालीकामा ९१ जना र छत्रदेव गाउँपालीकामा ८ जना सक्रिय संक्रमित रहेका छन । संक्रमितमध्ये हालसम्म २७ सय ७८ जनाले कोरोनालाई जितेका छन 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments