Friday, September 24, 2021
Home जिल्ला समाचार पाणिनी अर्घाखाँची जिल्ला पाणिनी गाउँ पालिकाका अध्यक्ष अचुत गौतम पालिका अध्यक्ष मात्र...

पाणिनी अर्घाखाँची जिल्ला पाणिनी गाउँ पालिकाका अध्यक्ष अचुत गौतम पालिका अध्यक्ष मात्र नभई कृषि व्यवसायमा पनि उत्तिकै तल्लीन

१७ साउन २०७८,
कमला घिमिरे – पाणिनी अर्घाखाँची जिल्ला पाणिनी गाउँ पालिकाका अध्यक्ष अचुत गौतम पालिका अध्यक्ष मात्र नभई कृषि व्यवसायमा पनि उत्तिकै तल्लीन देखिन्छन् । अध्यक्ष गौतमले केही दिन दुध डेरीसम्म पुर्‍याउदाको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा कमाएको देखिन्छ ।

गौतम दूध लिएर दूध डेरी सम्म प्रायःजसो आफै जान्छन् ।उनले बिहान र बेलुकाको घर बस्दाको समय आफ्नै कृषि ब्यवसायलाई दिन्छन् बाकी १० बजे बाट ४ बजे सम्मको समय उनी जनताको सेवा पालिकामा व्यस्त हुन्छन् ।

हरेक काम गर्न आफैबाट सुरुवात गर्नुपर्छ भन्ने उदेश्यले उनी काम गर्दै अगाडि बढेका छन भाषण कम काम धेरै गर्दै उच्च स्थानमा हासिल गर्दै एक उदाहरणीय पात्र बन्न सफल भएका छन् । २०६८ सालदेखि तरकारी खेती, गाईपालन र कुखुरापालन गर्दै आएको उनले बताए ।

उनले अहिले कुखुरापालन र तरकारी खेतीबाट खर्च कटाएर वार्षिक १८ देखि २५ लाख रुपैयाँ आम्दानी गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments