Tuesday, October 26, 2021
Home मुख्य समाचार सन्धिखर्कमा प्रहरीको सर्च अपरेसन : चोरीका सामानसहित संगठित गिरोह पक्राउ

सन्धिखर्कमा प्रहरीको सर्च अपरेसन : चोरीका सामानसहित संगठित गिरोह पक्राउ

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्कका विभिन्न स्थानमा चोरी गर्दै हिँड्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सन्धिखर्कलगायतका बजार क्षेत्रमा चोरीका घटनाहरु बढ्दै गएपछि प्रहरीले विशेष टोली गठन गरी अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा चोरीमा हराएका सामाग्रीसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मर थापाले बताए । पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका ११ का २६ वर्षीय किशन नेपाली, सामान बरामद भएको घरका १८ वर्षीय रोसन नेपालीसहित १७,१५,१३ र १२ वर्षका चारजना बालक पनि रहेका छन् । सन्धिखर्क नगरपालिका वडा नम्वर १ कौ बैंकरोडमा पसल गरी बस्ने बाबुराम नेपालीको पशलबाट २ वटा ल्यापटप, २५ वटा मोबाइल र १५ सयको रिचार्ज कार्ड चोरी भएपछि रिचार्ज कार्ड प्रयोग भएको नम्बरबाट चोर पत्ता लागेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments