Tuesday, October 26, 2021
Home समाचार काङ्ग्रेस नेता टण्डनको उम्मेदवारी घोषणा

काङ्ग्रेस नेता टण्डनको उम्मेदवारी घोषणा

नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्नको लागि एकातिर पार्टी जुटिरहेको छ भने अर्कोतिर उमेदवारहरुले पनि उमेदवारी घोषणा गर्ने क्रमले तिव्रता पाइरहेको छ।

यसै सन्दर्भमा अर्घाखाँची जिल्लाबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिका रुपमा डा. जयबहादुर टन्डनले उमेदवारी दिने घोषणा गरेका छन् ।

समृद्ध राष्ट्र निर्माणको लागि आम जनताको जीवनस्तर अभिबृद्धि गरि समतामुलक एवं सबल र स्वावलम्बी समाजको निर्माण गर्नको लागि आफ्नो उमेदवारी भएको डा. टण्डनले बताएका छन् । साथै नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा मतदान गर्नको लागि सबैसँग अनुरोध समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments